NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपाको बारा बैठकमा निष्कासित सभापतिको पक्षधरबाट सांसदमाथि हातपात प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा पार्टीबाट निष्कासनमा परेका जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकले नाराबाजी गर्दै सांसदहरूमाथि हातपातको प्रयास गरेका छन्। प्रहरीले सांसदहरूलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
23 May 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
रास्वपा बारा बैठक
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा पार्टीबाट निष्कासनमा परेका जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकले नाराबाजी गर्दै सांसदहरूमाथि हातपातको प्रयास गरेका छन्।

पार्टीले जिल्ला सभापति स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनका पक्षधर कार्यकर्ताले कलैयास्थित कार्यक्रमस्थलमा विरोध जनाएका हुन्। बारा १ का सांसद गणेश धिमालले स्वर्णकार पक्षधरले कार्यक्रम बिथोल्ने प्रयास गरे पनि निर्धारित कार्यक्रम सुरु भएको बताए।

स्वर्णकारलाई पार्टीबाट निष्कासन गरिनु नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमस्थलमा सांसद रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास भएपछि प्रहरीले उनीहरूलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

हाल कलैयाको करणराज होटलमा ठूलो संख्यामा प्रहरी परिचालन गरी कार्यक्रम सञ्चालन भइरहेको छ।

पार्टीबाट निष्कासनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफूनिकट व्यक्तिहरूलाई मात्र समेटेर जिल्ला समिति बनाउन खोजेको र त्यसैको विरोधमा पुराना कार्यकर्ताले आवाज उठाएको प्रतिक्रिया दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार