मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहट कृषि फार्ममा आगलागी: ७ चौपायाको मृत्यु, ९ लाखको क्षति

रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा कृषि फार्मको गोठमा आगलागी हुँदा सात चौपायाको मृत्यु भएको छ। आगलागीबाट करिब ९ लाख रुपैयाँको क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
रौतहट आगलागी
Share:
१३२

रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा शनिबार बिहान करिब ५ बजे आचार्य एकीकृत कृषि फार्मको गोठमा आगलागी भयो। आगलागीमा चार गाई, दुई बाछा र एक भैँसी गरी सात चौपायाको मृत्यु भएको छ। करिब नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट जुडीबेलाका प्रहरी सहायक निरीक्षक बरुण कुमार रायको टोली र स्थानीयवासीको प्रयासमा बिहान ६:५० बजे आगो नियन्त्रणमा लिइएको थियो। दुई गाई र एक खसी जलेको अवस्थामा उद्धार गरिएको छ। मानवीय क्षति भने भएको छैन।

घटनाको कारण तत्काल खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर दिनेश थापाको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ। थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले बताए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार