NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटको लालबकैया खोलामा तीन बालबालिका बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिकामा लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन छन्। प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।
Kamala Devi
Kamala Devi
11 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
रौतहट बालबालिका बेपत्ता
Share:

रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार बेपत्ता हुनेमा स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन छन्। सबै १० वर्षभन्दा कम उमेरका छन्।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर रौतहटबाट डुबान उद्धार टोली रबर बोटसहित खटिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लालबकैया नदीमा बेपत्ता बालबालिकाको खोजीलाई तीव्रता दिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार