NM Khabar 18 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

घरजग्गा कारोबारमा ६७ करोड कर छली, महालेखाको छानबिन निर्देशन

महालेखा परिक्षकको ६३औं वार्षिक प्रतिवेदनले घरजग्गा कारोबारमा १२३ करदाताले ६७ करोड रुपैयाँ कर छलेको खुलासा गरेको छ। जग्गा बिक्रीबाट भएको आम्दानी लुकाएर आयकर ऐन, २०५८ को व्यवस्था उल्लंघन गरिएको हो। महालेखाले सरकारलाई तत्काल छानबिन गर्न निर्देशन दिएको छ।
Arjun Basnet
Arjun Basnet
18 May 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
Share:

महालेखा परिक्षकको ६३औं वार्षिक प्रतिवेदनले घरजग्गा कारोबारमा १२३ करदाताले ६७ करोड रुपैयाँ कर छलेको खुलासा गरेको छ।

प्रतिवेदनअनुसार, जग्गा बिक्रीबाट भएको आम्दानी लुकाएर कर छली भएको हो।

देशका विभिन्न ३६ कार्यालय अन्तर्गतका १२३ करदाताले आयकर ऐन, २०५८ को व्यवस्था विपरीत मुनाफालाई आय विवरणमा समावेश नगरेको पाइएको छ। यसमा ठूला तथा मझौला करदाताहरू समेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।

यी १२३ करदाताले जग्गा बिक्रीबाट आम्दानी लुकाएर ६७ करोड रुपैयाँ कर छलेको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ।

महालेखा परिक्षकको कार्यालयले सरकारलाई यस प्रकरणमा तत्काल छानबिन गर्न निर्देशन दिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार