दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन अध्यक्ष अहिर, सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटवल र अन्य चार जना व्यक्तिलाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि विकास निर्माणको क्रममा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप छ।
