मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रोल्पा पहिरो: १२ को मृत्यु, १ अझै बेपत्ता, मृतकको सनाखत

रोल्पाको थवाङ गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। बेपत्ता भएका ८० वर्षीय अजम्बर पुन मगरको शव प्युठानको राप्ती नदीमा फेला परेको छ। एक नौ वर्षीय बालक अझै बेपत्ता छन्।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो
Share:
१५७

रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोले १२ जनाको ज्यान लियो। पहिरोमा बेपत्ता भएका ८० वर्षीय अजम्बर पुन मगरको शव शनिबार प्युठानको राप्ती नदीमा फेला परेको छ। एक नौ वर्षीय बालक अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका-२ ददेरीस्थित राप्ती नदीको बीच भागमा भेटिएको हो। मृतकका भतिजा सुशील पुनले शवको सनाखत गरेका छन्।

पहिरोमा थवाङ-५ निवासी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन्।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार