NM KHABAR 1 May 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

रुपन्देहीमा ६ दुर्घटना: चारको मृत्यु, २८ घाइते

रुपन्देहीमा आज दिउँसो भएका छ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। एक माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
29 April 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
रुपन्देही दुर्घटना
Share:

रुपन्देहीमा आज दिउँसो भएका छ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परी चार जनाको ज्यान गएको हो भने २८ जना घाइते भएका छन्।

सबैभन्दा बढी क्षति पुर्‍याएको दुर्घटना बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगर जंगल नजिक भएको छ। उक्त स्थानमा दुई वटा माइक्रोबस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेशको ०० ख ८९२८ नम्बरको इभी माइक्रोबस आपसमा ठोक्किएका थिए।

दुर्घटनामा नवलपरासीको मध्यविन्दु नगरपालिका–१० अरुणखोलाकी ६० वर्षीया महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी छ।

अन्य पाँचवटा दुर्घटनाका विवरण आउन बाँकी छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार