NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार यो आदेश दिएको हो। काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका बस्ती खाली नगर्न सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको छ।
Sanjay Karki
Sanjay Karki
8 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
Share:

सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार यो आदेश दिएको हो। काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका बस्ती खाली नगर्न सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो।

गोपाल रन पहलीसहित ११ जनाले वैशाख ११ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो। रिटमा भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने वा विस्थापित नगर्न माग गरिएको थियो।

यस विषयमा सरकार वा काठमाडौं महानगरपालिकाका अधिकारीहरूको तत्काल प्रतिक्रिया आएको छैन।

सर्वोच्चको यस आदेशसँगै सुकुमबासी बस्ती हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार