मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सर्लाहीको दशगजा क्षेत्रमा एक पुरुष मृत फेला, ‘जगन राउत’ लेखिएको बाला भेटियो

सर्लाहीको पर्सा गाउँपालिका नजिक नेपाल-भारत दशगजा क्षेत्रमा एक पुरुष मृत फेला परेका छन्। मृतकको पहिचान खुलेको छैन, तर हातमा 'जगन राउत' लेखिएको बाला भेटिएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९४

सर्लाहीको पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिक नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा एक पुरुष मृत फेला परेका छन्। मंगलबार दिउँसो करिब ३:१० बजे इलाका प्रहरी कार्यालय संग्रामपुरको गस्ती टोलीले अन्दाजी ४५ देखि ५० वर्ष उमेरका ती पुरुषलाई बाटो छेउमा फेला पारेको हो।

हालसम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल सुरक्षित पारेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमान्डमा टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ ५:५० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

मृतकको हातमा ‘जगन राउत’ लेखिएको बाला भेटिएको छ। खल्तीबाट १० भारतीय रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार