मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सर्लाहीबाट २५ वर्ष कैद सजाय तोकिएकासहित ३ फरार प्रतिवादी पक्राउ

सर्लाही प्रहरीले विभिन्न मुद्दामा फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त अरविन्द साह, सार्वजनिक अपराधका मनोज गोले र नागरिकता कसुरकी शैली देवी छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
फरार प्रतिवादी पक्राउ
Share:
१९९

सर्लाही प्रहरीले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका अरविन्द साहलाई पक्राउ गरेको छ। साह बरहथवा नगरपालिका ६ का स्थायी बासिन्दा हुन्।

प्रहरीले ईश्वरपुर नगरपालिका ४ निवासी मनोज गोले र हरिपूर्वा नगरपालिका ५ निवासी शैली देवीलाई पनि पक्राउ गरेको छ। गोले सार्वजनिक अपराध मुद्दामा २ हजार जरिवाना तोकिएका प्रतिवादी हुन्। देवी नागरिकता कसुर मुद्दामा फरार थिइन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले तीनै जनालाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सर्लाहीमा दाखिला गरिएको जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार