सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार साँझ शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
प्रारम्भिक जानकारी अनुसार मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा सामान्य विवादपछि उनी सडकमा निस्किएर पेट्रोल छर्किएर आत्मदाहको प्रयासमा उत्रिएको बताइएको छ।
घटनास्थलमा सामान्य उपचारपछि गम्भीर घाइते मण्डललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार काठमाडौंमा गणेश नेपालीले आत्मदाह गरेका थिए। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो।
