मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सचिवलाई धम्की दिने शाही पक्राउ, पाँच दिन थुनामा राख्न अनुमति

पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै पुगेर धम्की दिएको आरोपमा उपेन्द्रकुमार शाही पक्राउ परेका छन्। शाहीमाथि अनधिकृत प्रवेश, अभद्र व्यवहार र धाकधम्की दिएको आरोप छ। प्रहरीले घटनाको अनुसन्धानका लागि शाहीलाई पाँच दिन थुनामा राख्न अदालतबाट अनुमति पाएको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
२००

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै पुगेर धम्की दिएको आरोपमा उपेन्द्रकुमार शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई पक्राउ गरी घटनाको अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।

शाहीले जेठ ११ गते अन्दाजी ११:३० बजे पूर्वसूचनाबिना मन्त्रालयका सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत गरेको, बाहिर जान सम्झाउँदा अश्लील शब्द प्रयोग गरेको र धाकधम्की दिएको प्रहरीको दाबी छ।

कालिकोटको मान्म घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३५ वर्षीय शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद थप गरिएको हो। प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार