NM Khabar 11 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

५ लाख विद्यार्थीको एसईई नतिजा: वेबसाइट डाउन, कसरी हेर्ने?

राष्ट्रिय परीक्षा बोर्डले ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्दैछ। तर, नतिजा हेर्नुअघि नै बोर्डको आधिकारिक वेबसाइट डाउन भएको छ। विद्यार्थीहरूले वैकल्पिक माध्यमबाट नतिजा हेर्न सक्नेछन्।
Rohan Tamang
Rohan Tamang
11 May 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
एसईई नतिजा
Share:

५ लाख १२ हजारभन्दा बढी विद्यार्थीको भविष्य जोडिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुनुअघि नै राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट डाउन भएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले बिहान ९ बजेपछि नतिजा हेर्न सक्नेछन्। नतिजाको व्यग्र प्रतीक्षामा परीक्षा बोर्ड बाहिर विद्यार्थी र अभिभावकहरू जम्मा भएका छन्।

बोर्डको आधिकारिक वेबसाइट (neb.gov.np) खोल्न खोज्दा ‘502 Bad Gateway’ समस्या देखिएको छ।

विद्यार्थीहरूले निम्न माध्यमबाट नतिजा हेर्न सक्नेछन्:

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा)
  • एम्बिसन गुरु: ३१०६१ (SMS सेवा)
  • आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
  • नेपाल टेलिकम: www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
  • इडियु सञ्जाल: www.see.edusanjal.com
  • खल्ती: https://khalti.com/app

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक भएको बोर्डले जनाएको छ।

यसवर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई फारम भरेका थिए। तीमध्ये, नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिए। कुल विद्यार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

Nmkhabar का युवा, प्रविधि र संस्कृति संवाददाता। स्टार्टअप, डिजिटल रूपान्तरण र युवा पुस्ताका सवालमा अग्रणी कभरेज।

सम्बन्धित समाचार