मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

संसदमा प्रधानमन्त्रीको जवाफदेहीता माग गर्दै श्रम संस्कृति पार्टीको वेल घेराउ

फागुन २१ को चुनावपछि पहिलो पटक संसदको वेल घेर्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफदेहीता माग गर्दै पर्चा प्रदर्शन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बसेर विरोध गर्न निर्देशन दिएका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८८

फागुन २१ को चुनावपछि पहिलो पटक संसदको वेल घेर्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफदेहीता माग गर्दै पर्चा प्रदर्शन गरेको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा पार्टी अध्यक्ष हर्क साम्पाङ लगायतका सांसदहरूले प्रधानमन्त्रीको जवाफदेहीतामा प्रश्न उठाए। उनीहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाइने र जनमतको सम्मान गर्नुपर्ने माग राखे।

सांसदहरूले ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’ र ‘संसदीय जिम्मेवारी बहन गर’ जस्ता नारा लेखिएका पर्चाहरू देखाए।

आकस्मिक विरोध प्रदर्शनपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए।

सभामुख अर्यालले संसदभित्र पर्चा देखाएर विरोध गर्ने अभ्यास नरहेको र कानून तथा नियमावलीले यस्तो कार्यलाई अनुमति नदिने स्पष्ट पारे।

केही मिनेटको प्रदर्शनपछि साम्पाङसहितका सांसदहरू आ-आफ्नो सिटमा फर्किएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार