मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

श्रम संस्कृति पार्टीले संसद बैठक अवरुद्ध गर्‍यो

श्रम संस्कृति पार्टीले सभामुखको भूमिकामा असन्तुष्टि जनाउँदै संसद बैठक अवरुद्ध पारेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले रोष्टम घेराउ गरी नाराबाजी गरेका छन्। सभामुखले विभेद गरेको र बोल्न नदिएको आरोप पार्टीको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
श्रम संस्कृति पार्टी संसद
Share:
२०२

काठमाडौं । श्रम संस्कृति पार्टीले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले रोष्टम घेराउ गरी नाराबाजी गरेका हुन्।

पार्टीका सांसदहरूले सभामुखले आफूहरूलाई बोल्न नदिएको र विभेद गरेको आरोप लगाएका छन्। अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई बोलाउन नसकेको भन्दै सभामुखलाई आफूहरूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।

सभामुख अर्यालले सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मन्तव्य चलिरहेका बेला पनि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएको बताइएको छ।

सभामुख अर्यालले भने विपक्षी दलका नेताहरूलाई बोल्न समय दिए पनि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले नाम नटिपाएका कारण बोल्नका लागि समय नदिएको जनाइएको छ। यस क्रममा सभामुख अर्यालले संसद बैठक भने अघि बढाएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार