मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिमरामा ४ वर्षीया बालिकाको शव भेटियो, हत्याको आशंका

बाराको सिमरामा ३ दिनदेखि हराइरहेकी ४ वर्षीया बालिका मृत फेला परेकी छन्। बालिका घर नजिकैको खाली घरमा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको हत्या भएको आशंका गरेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सिमरा बालिका हत्या
Share:
१६२

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा साउन ३१ गतेदेखि हराइरहेकी करिब ४ वर्षीया बालिका गढीमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। बालिका घर नजिकैको खाली घरमा भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीले रातोपाटीलाई जानकारी दिए।

नर्सरीमा पढ्दै गरेकी गढीमाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम कलैया पठाइने डीएसपी क्षेत्रीले बताए।

साउन ३१ गते बिहान ८ बजेतिर बालिका घरबाट हराएकी थिइन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार