NM Khabar 7 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तातोपानी भन्सारमा सुख्खा पहिरो: सशस्त्र प्रहरी बीओपीका संरचना ध्वस्त

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेको छ। पहिरोले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) का विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
Sanjay Karki
Sanjay Karki
7 August 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
तातोपानी भन्सार पहिरो
Share:

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका संरचनामा क्षति पुगेको छ। बिहान करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फको करिब २००–३०० मिटर अग्लो डाँडाबाट पहिरो खसेको थियो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

पहिरोसँगै झरेका ढुङ्गाले सशस्त्र प्रहरीको ब्यारेक, ड्युटी पोस्ट र जिन्सी स्टोर भवनमा क्षति पुर्‍याएको छ। पहिलो लाइन ब्यारेकको झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेका छन्।

सशस्त्र प्रहरी बल तातोपानी बीओपीका अनुसार घटनामा मानवीय क्षति भएको छैन। राष्ट्रिय झण्डा राखिएको पोल नष्ट भएको छ। सि.अ. (सिनियर अफिसर) को बाथरुमको भित्ता र मुख्य गेट अगाडिको सिँढीमा पनि पहिरोले क्षति पुर्‍याएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार