NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा बेपत्ता ३ वर्षीय बालकको क्षतविक्षत शव फेला

सिरहाको बरियारपट्टी–४ सोहपुरमा तीन दिनदेखि बेपत्ता ३ वर्षीय बालकको क्षतविक्षत शव फेला परेको छ। बालकको शव घरदेखि ५०० मिटर परको पोखरी डिलमा भेटिएको हो। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
12 May 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
Share:

सिरहाको बरियारपट्टी–४ सोहपुरमा तीन दिनदेखि बेपत्ता ३ वर्षीय बालकको क्षतविक्षत शव फेला परेको छ। शव घरदेखि ५०० मिटर परको अर्को पोखरीको डिलमा भेटिएको हो।

स्थानीय भोगेन्द्र यादवका छोरा अभियांशुकुमार यादव शुक्रबार अपराह्न २ बजेदेखि हराएका थिए। परिवार र स्थानीयले घर नजिकैको पोखरीमा डुबेको आशंकामा खोजी सुरु गरे।

स्थानीय माझीहरूको सहयोगमा दुई दिनसम्म जाल हानेर खोज्दा बालक फेला परेनन्। आइतबार सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरियो।

वडा अध्यक्ष नवीन कुमार यादवका अनुसार गोताखोरले पोखरीभित्र खोजतलास गर्दा बालक फेला पार्न सकेनन्। पोखरी वरपर खोजी गर्ने क्रममा गन्ध आएको स्थानतर्फ जाँदा शव फेला परेको थियो।

शवको अवस्था अत्यन्तै विभत्स थियो। जंगली जनावरले कम्मरमुनिको भाग तथा एउटा हात लुछेको वडा अध्यक्ष यादवले जानकारी गराए।

मृतक बालक लक्ष्मीपुर पतारी–१ नवटोली घर भई सोहपुरस्थित मामाघरमा आमासँगै बस्दै आएका थिए। उनका पिता भोगेन्द्र यादव वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया अगाडि बढायो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले शवको प्रकृति मुचुल्का उठाउने कार्य सम्पन्न भएको जानकारी गराए।

सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए। यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने उनले जानकारी गराए।

बालकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार