मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

स्पेन दोस्रो पटक विश्व च्याम्पियन: अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हरायो

स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा भएको फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकप उपाधि जितेको हो।
Prakash Gurung
खेलकुद संवाददाता
१ मिनेट पढाइ
आकार:
स्पेन विश्व च्याम्पियन
Share:
२८७

स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साबिक विजेता अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकप उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका लागि फेरान टोरेसले गरेको एकमात्र गोल नै टोलीको जितमा निर्णायक बन्यो।

खेलको क्रममा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले स्पेनको लगातारको आक्रमणलाई रोक्न नसक्दा उपाधि रक्षा गर्ने अवसर गुमाएको छ।

स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।

Prakash Gurung

Prakash Gurung

खेलकुद संवाददाता

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

थप समाचार