मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सभामुख अर्यालले हर्क साम्पाङलाई दिए संसदमा अभद्र व्यवहार नगर्न चेतावनी

सभामुख डोलप्रसाद अर्यालले सांसद हर्क साम्पाङलाई संसदमा अभद्र व्यवहार देखाएको भन्दै चेतावनी दिएका छन्। श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार तीन दिनदेखि प्लेकार्ड प्रदर्शन गर्दै आएका थिए। सभामुखले नियमावलीको नियम २० (झ) र ३० अनुसार मर्यादा कायम गर्न आग्रह गरेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२७५

संसदमा लगातार अभद्र व्यवहार देखाएपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूलाई चेतावनी दिएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले मर्यादा कायम गर्न आग्रह गर्दै सांसदहरूलाई चेतावनी दिए। उनले भने, ‘प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो।’

सभामुखले नियमावली २० को खण्ड (झ) र नियम ३० तर्फ ध्यानाकर्षण गराए। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदले नियमित प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले नियम ३० अनुसार व्यवहार सच्चाउन चेतावनी दिए।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० ले अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था गरेको छ। सो चेतावनीपछि सदस्यले तुरुन्तै आफ्नो व्यवहार सच्याउनुपर्छ।

सभामुखको चेतावनी अवज्ञा गरेमा नियम ३१ अनुसार बैठक कक्षबाटै बाहिर निकाल्न सकिने व्यवस्था छ। चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्लेकार्ड देखाएर विरोध कायम राखेका थिए।

सांसद साम्पाङले मन्त्रीहरूको जवाफ नआएसम्म विरोध कायम राख्ने बताए। उनीहरूले तीन दिनदेखि लगातार संसदमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार