NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न समिति गठन

सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरेको छ। समितिले १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन बुझाउनेछ।
NM Khabar
NM Khabar
14 May 2026, 9:04 pm १ मिनेट पढाइ
आकार:
Share:

सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले यो समिति गठन गर्ने निर्णय गरेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी समितिका अध्यक्ष छन्।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य तोकिएका छन्।

प्रतिनिधिसभा सदस्य गुरुङको कार्यकाल र त्यसपछिका सार्वजनिक विषयमा सत्यतथ्य छानबिन गर्नु समितिको कार्यक्षेत्र हो।

प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार, समितिले १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन बुझाउनेछ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार