NM Khabar 10 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिम प्रदेशको २ करोड विपद् उद्धार कोषमा पठाउने निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितलाई २ करोड रुपैयाँ दिने निर्णय गरेको छ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ। प्रदेश सरकारले विपद् पूर्वतयारी र व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने निर्णय गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 September 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
विपद् उद्धार कोष
Share:

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ।

धनगढीमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघिको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी कोषमा पठाउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले सुदूरपश्चिम प्रदेशमा बाढी तथा अन्य विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको छ।

विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका साथ परिचालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको सचिवालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार