NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिम सरकारको बेरुजु ६० करोड ४८ लाखले थपियो: महालेखा

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक वर्षमै ६० करोड ४८ लाख ८९ हजार रुपैयाँले वृद्धि भएको छ। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कुल बेरुजु ३ अर्ब ५८ करोड ८९ लाख ९ हजार रुपैयाँ पुगेको जनाएको छ। कुल लेखापरीक्षण गरिएको रकमको १.५३ प्रतिशत बेरुजु देखिएको छ, जुन अघिल्लो वर्षभन्दा ०.१२ प्रतिशतले बढी हो।
Arjun Basnet
Arjun Basnet
16 May 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक वर्षमै ६० करोड ४८ लाख ८९ हजार रुपैयाँले थपिएको छ।

प्रतिवेदनअनुसार, प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ बेरुजु गरेको छ। यो कुल लेखापरीक्षण गरिएको ३९ अर्ब ४९ करोड ९१ लाख ५५ हजार रुपैयाँको १.५३ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा ३५ अर्ब ६२ करोड ५९ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षण भयो। त्यसबेला ५० करोड ६ लाख ९३ हजार रुपैयाँ बेरुजु भेटिएको थियो। उक्त बेरुजु कुल लेखापरीक्षण रकमको १.४१ प्रतिशत थियो।

यस तथ्यांकले प्रदेश सरकारको बेरुजु दर ०.१२ प्रतिशतले बढेको देखाउँछ। योसँगै सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजु तीन अर्ब ५८ करोड ८९ लाख ९ हजार रुपैयाँ पुगेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार