NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशमा नेकपा र नेकपा एमालेको समीकरणमा नयाँ सरकार गठन भएको छ। नेकपाका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएका छन्। नयाँ सरकारमा नेकपाले चार र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ।
Sanjay Karki
Sanjay Karki
14 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
सुदूरपश्चिम नयाँ सरकार
Share:

सुदूरपश्चिम प्रदेशमा नेकपा र नेकपा एमालेको समर्थनमा खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई आजै पद तथा गोपनीयताको सपथ खुवाउने तयारी गरेका छन्।

मुख्यमन्त्रीको सपथसँगै सानो मन्त्रिमण्डल गठन गरिनेछ। नेकपाले चार र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएका थिए। प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए।

यसअघि कांग्रेस र एमालेबीच बजेट विवादले गठबन्धन टुटेको थियो। असार ३१ गते मुख्यमन्त्रीले एमालेका चार मन्त्री बर्खास्त गर्दा एमालेले समर्थन फिर्ता लिएको थियो।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक सदस्य छन्। नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन्। कांग्रेसका प्रकाशबहादुर देउवा अमेरिकामा छन्। डडेल्धुराबाट स्वतन्त्र निर्वाचित डा. तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त छ।

सरकार गठनका लागि २७ सांसदको समर्थन चाहिन्छ। नेकपा र एमालेसँग हाल ३२ सांसदको समर्थन छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार