NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुकुम्बासीलाई लालपुर्जा वितरण असार तेस्रो साताबाट सुरु

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु हुने जानकारी दिएकी छन्। यसका लागि सरकारले भूमि व्यवस्थापन समिति गठन गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 June 2026, 5:04 pm १ मिनेट पढाइ
आकार:
Share:

असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएकी हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीलाई लालपुर्जा दिइन्छ कि दिइँदैन भनी प्रश्न उठाएका थिए। उनले काठमाडौंका सुकुम्बासीलाई विस्थापन गरी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँको व्यवस्थापन पनि सन्तोषजनक नभएको बताए। साम्पाङले व्यवस्थापन गर्न नसके पहिले बसेकै ठाउँमा व्यवस्थापन गर्न आग्रह गरे।

मन्त्री रावलले लालपुर्जा वितरणको काम सुरु भइसकेको र असारको तेस्रो हप्ताबाट वितरण सुरु गर्ने प्रतिबद्धता जनाइन्।

विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो। वर्तमान सरकारले भूमि व्यवस्थापन समिति गठन गरी सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार