काठमाडौंमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले व्यवस्थापनको माग राख्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा भएको प्रदर्शनमा सहभागीले विकल्पविना विस्थापित गरिएको भन्दै गुनासो पोखे।
प्रदर्शनकारीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सिटी फुक्दै विभिन्न माग राखिएका प्लेकार्ड बोकेका थिए। यसअघि पनि सुकुम्बासी समस्या समाधानको माग राख्दै पटकपटक प्रदर्शन र संघर्ष हुँदै आएको छ।
