मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। उनले भक्तपुरको खरिपाटीमा अस्थायी बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग भेटघाट गरेका छन्। समस्या समाधानमा सरकारको प्रयास केन्द्रित रहेको र यसमा राजनीति गर्न नहुने उनको भनाइ छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सुकुम्वासी समस्या
Share:
२२२

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग गृहमन्त्री सुधन गुरुङले समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको जानकारी दिए।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।” उनले सुकुम्वासी/भूमिहीन समस्या समाधानको प्रयासमा राजनीति नगर्न आग्रह गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार