मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुकुना माविको छात्रा दुर्व्यवहार प्रकरण: दुई शिक्षकसहित तीन निलम्बित

मोरङको सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार आरोपमा दुई शिक्षक र एक बस चालक निलम्बनमा परेका छन्। यस प्रकरणमा हालसम्म चार जना पक्राउ परेका छन्। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नताको पनि अनुसन्धान गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
छात्रा दुर्व्यवहार प्रकरण
Share:
२०१

मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकसहित तीन जनालाई विद्यालयले निलम्बन गरेको छ।

शिक्षक अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई विद्यालयले आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको हो।

यस प्रकरणमा सोमबार थप एक शिक्षक पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार सङ्गीत शिक्षक भीम नेपाल पक्राउ परेका हुन्।

यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराईलाई सोमबार बिहान पक्राउ गरेको थियो। उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको डीएसपी मिश्रले बताए। प्रधानाध्यापक हिक्मत बस्नेतसहित केही शिक्षकको नाम सामाजिक सञ्जालमा जोडिएपछि प्रहरीले सामग्रीको सत्यता र सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार