मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुनको भाउ दुई दिनमा ७६ सयले बढ्यो, आज प्रतितोला २ लाख ९८ हजार ६००

स्थानीय बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर आज २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१५

स्थानीय बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर आज २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ।

मङ्गलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ५ हजार ८ सयले बढेर २ लाख ९६ हजार ८ सय पुगेको थियो। आज थप १ हजार ८ सय रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारको संकेत

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०३ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार