NM Khabar 29 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनको भाउ दुई दिनमा ७६ सयले बढ्यो, आज प्रतितोला २ लाख ९८ हजार ६००

स्थानीय बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर आज २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ।
Sunita Rai
Sunita Rai
7 May 2026, 11:07 am १ मिनेट पढाइ
आकार:
Share:

स्थानीय बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर आज २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ।

मङ्गलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ५ हजार ८ सयले बढेर २ लाख ९६ हजार ८ सय पुगेको थियो। आज थप १ हजार ८ सय रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारको संकेत

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०३ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार