NM Khabar 30 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटनाको विरोधमा प्रधानमन्त्रीको सम्बोधन, यादव आमरण अनसनमा

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनसनमा बसेका छन्। घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईन बजार प्रभावित भएको छ।
Kamala Devi
Kamala Devi
30 July 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना
Share:

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। केहीबेरमा हुने सम्बोधन सुनसरीको देवानगञ्ज घटनापछिको परिस्थितिका सन्दर्भमा हुनेछ। राष्ट्रका नाममा उहाँको यो पहिलो सम्बोधन हुनेछ।

यसैबीच, सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव काठमाडौँमा आमरण अनसनमा बसेका छन्। सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदा पनि ठोस पहल नभएको भन्दै यादवले अनसन सुरु गरेका हुन्। अनसनस्थलमा घटनामा ज्यान गुमाएका युवाको तस्बिर राखिएको छ। पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग छ।

सहभागीले सरकारले घटनालाई सामान्यीकरण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। अध्यक्ष यादवले न्याय नपाएसम्म आन्दोलन नरोकिने बताएका छन्।

राष्ट्रिय एकता दलले मृतकलाई सहिद घोषणा र घाइतेको उपचारजस्ता माग सरकारसमक्ष राखेको छ।

यसैगरी, सुनसरी घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले राजविराज बजारका पसल बन्द गराएका छन्। बोदेबरसाईन बजारमा साप्ताहिक हाटबजार प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न सार्वजनिक अपिल गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार