NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरीका १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, देवानगञ्जमा झडप

सुनसरी जिल्लाका १० क्षेत्रमा मंगलबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। इटहरी, रामधुनी, इनरुवा, दुहबी लगायतका नगरपालिका र गाउँपालिका प्रभावित भएका छन्। देवानगञ्ज बजारमा झडप भएपछि कर्फ्यू लगाइएको हो।
Kamala Devi
Kamala Devi
29 July 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
सुनसरी कर्फ्यू
Share:

सुनसरी जिल्लाका विभिन्न स्थानमा मंगलबार राति ९ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा क बमोजिम आदेश जारी गर्ने अधिकार दिएको थियो।

अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा मानिसको आवतजावतमा रोक लगाइएको छ। निषेधित क्षेत्रभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन। नियम उल्लंघन गरे प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

कर् कर्फ्यू आदेश इटहरी उपमहानगरपालिकाका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँबायाँ क्षेत्रमा लागू हुनेछ। रामधुनी नगरपालिकाका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँबायाँ क्षेत्र पनि यसमा समेटिएको छ।

यसैगरी इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवांगज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरिएको छ।

यसअघि आइतवार राति दुई समूहबीच विवादपछि सुनसरीको देवानगञ्ज बजार पटकपटक अशान्त बनेको थियो। मंगलवार राति पनि दोहोरो झडप भएको थियो। देवानगञ्ज–३ स्थित बजारमा मंगलवार राति करिब ८ बजेबाट झडप सुरु भएको प्रहरीले जनाएको छ। दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार