मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुनसरीमा जारी कर्फ्यु हट्यो, देवानगञ्ज झडपपछि लगाइएको थियो

सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश मंगलबार बिहान १२:१५ बजेदेखि हटाइएको छ। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको झडपपछि यो आदेश जारी गरिएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सुनसरी कर्फ्यु हट्यो
Share:
१९०

सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश मंगलबार बिहान १२:१५ बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको कर्फ्यु फुकुवा गरिएको जानकारी दिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको यो आदेशले तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा रोक लगाएको थियो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु हटाइएको हो।

यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि सुनसरीको इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कर्फ्यु आदेश जारी गरिएको थियो।

देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएको बताइएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार