NM Khabar 1 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी र धनुषामा कर्फ्यु हट्यो, प्रभावित क्षेत्रमा निषेधाज्ञा

सुनसरी र धनुषामा लगाइएको कर्फ्यु आदेश हटाइएको छ। दुवै जिल्लाका प्रभावित क्षेत्रमा शान्ति सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
Kamala Devi
Kamala Devi
1 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
कर्फ्यु हट्यो निषेधाज्ञा जारी
Share:

सुनसरी र धनुषा जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम लगाइएको कर्फ्यु आदेश हटाएको छ। यससँगै दुवै जिल्लाका प्रभावित क्षेत्रहरूमा शान्ति सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा भने जारी गरिएको छ।

सुनसरी प्रशासनले बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्म कर्फ्यु हटाएको छ। इटहरी उपमहानगरपालिकाका वडा नं. १६ र १७, रामधुनी नगरपालिकाका वडा नं. १ र ५, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यसअघि गत साउन १२ गते राति कर्फ्यु आदेश जारी गरिएको थियो।

धनुषा प्रशासनले शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाएको छ। लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक, बेलौनी रोड–एमक्यु स्टिल क्षेत्र, नगराइन नगरपालिका क्षेत्र तथा कादरी मस्जिद–सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा अवधिमा तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाइएको छ। प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार