सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। मृतकका परिवार र गृह मन्त्रालयबीच राति ६ बुँदे सम्झौता भयो।
सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता जनाइएको छ।
सम्झौतामा मृतक परिवारलाई रोजगारीको व्यवस्था गरिनेछ। घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनेछ। मृतकका परिवारलाई मानसिक र कानुनी सहयोग पुर्याइनेछ। भविष्यमा यस्ता घटना नदोहोरिँदाका लागि सुरक्षा प्रबन्ध मिलाइनेछ।
