मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुनसरी घटना: रवीन्द्र मेहता सहिद घोषणा प्रक्रिया अघि बढ्ने, ७ बुँदे सहमति

सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिमा मेहतालाई सहिद घोषणा गर्ने, दोषीमाथि कारबाही, परिवारलाई रोजगारी र स्मृति पार्क निर्माण समावेश छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सुनसरी घटना सहमति
Share:
१४७

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने भएको छ। गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबीच आइतबार राति भएको सात बुँदे सहमतिमा यो बुँदा प्रमुख छ।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। सरकारले मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारी दिलाउन पहल गर्नेछ। देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन प्रारम्भ गरिनेछ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कानुनबमोजिम कार्यान्वयन गरिनेछ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज पुर्‍याई दाहसंस्कारको व्यवस्था मिलाउनेछ।

यस्तै, घटनामा ज्यान गुमाएका तीनै जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा यसै वर्ष बजेट विनियोजन गरी ‘स्मृति पार्क’ निर्माण गरिनेछ। स्थानीय सरकारसँग समन्वय गरी पार्क निर्माणको काम अघि बढाइनेछ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार