बागमती काठमाडौंको थानकोटमा सालाको हत्या: भेनाजु समी अहमद पक्राउ काठमाडौंको थानकोटमा २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहारबाट हत्या भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेनाजु समी अहमदले घरायसी विवादमा चक्कु प्रहार गरेको खुलेको छ। प्रहरीले अहमदलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·मे १७, २०२६