मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

काठमाडौंको थानकोटमा सालाको हत्या: भेनाजु समी अहमद पक्राउ

काठमाडौंको थानकोटमा २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहारबाट हत्या भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेनाजु समी अहमदले घरायसी विवादमा चक्कु प्रहार गरेको खुलेको छ। प्रहरीले अहमदलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९७

काठमाडौंको थानकोटमा २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहारबाट हत्या भएको छ।

चन्द्रागिरि नगरपालिका-३ खरिबोटमा गएराति उनलाई भेनाजु समी अहमदले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन भट्टराईले यो घटना पुष्टि गरे। जाकिर र अहमद दुवै महोत्तरीका बासिन्दा हुन्।

विज्ञापन

प्रारम्भिक अनुसन्धानमा ३८ वर्षीय अहमदले घरायसी विवादमा साला जाकिरलाई चक्कु प्रहार गरेको खुलेको छ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल पुर्‍याइयो। चिकित्सकले राति साढे ९ बजे उनलाई मृत घोषणा गरे।

घटनालगत्तै प्रहरी वृत्त थानकोटले समी अहमदलाई नियन्त्रणमा लियो। एसपी भट्टराईले घटनाको थप अनुसन्धान भइरहेको बताए।

मृतक जाकिरको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार