मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ताप्लेजुङमा ट्याक्टर दुर्घटना: दुई बेपत्ता, खोलाले बगायो

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन्। हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको ट्याक्टर पुलबाट १५ मिटर तल खसेर खोलाले बगाएको थियो। प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
ताप्लेजुङ ट्याक्टर दुर्घटना
Share:
१२४

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो।

ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले Nmkhabarलाई पुष्टि गरे। दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा घटनाबारे जानकारी गराएका थिए।

बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवसहितको टोली परिचालन गरिएको छ। ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ। ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्दछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार