NM Khabar 13 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

टी बोर्डको नीतिका कारण चिया निर्यात ठप्प: सांसदहरूको भारतसँग कूटनीतिक पहलको माग

टी बोर्ड अफ इन्डियाको नीतिका कारण चिया निर्यात ठप्प भएपछि सांसदहरूले भारतसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्। यसबाहेक, सांसदहरूले मल, मेलम्ची पानी र सीमा क्षेत्रको विकासमा पनि सरकारको ध्यानाकर्षण गराए।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

टी बोर्ड अफ इन्डियाको नीतिका कारण चिया निर्यात ठप्प भएपछि बुधबार प्रतिनिधि सभामा सांसदहरूले भारतसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चिया किसान, श्रमिक र उद्योगीहरू ठूलो संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद सुहाङ नेम्वाङले टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण चिया निर्यात ठप्प भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारेको बताए।

उनले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे। चिया निर्यातको अवरोध समाधान गर्न र उद्योगी, किसानको संरक्षणका लागि ठोस नीति बनाउन माग गरे।

यसैगरी, सांसद सुनिल केसीले किसानलाई समयमै मल उपलब्ध गराउन र काठमाडौँवासीले मेलम्चीको पानी कहिले पाउँछन् भन्दै सरकारसँग जवाफ माग गरे।

उनले तीनकुनेको सार्वजनिक जग्गा लामो समयदेखि कब्जामा रहेको विषयमा पनि प्रश्न उठाउँदै तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले सदनमा स्पष्ट पार्नुपर्ने धारणा राखे।

सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रका बस्तीहरूको विकासमा सरकारले ध्यान नदिएको गुनासो गरे।

उनले सीमावर्ती गाउँहरूमा बाटो, विद्युत्, स्वास्थ्य, शिक्षा र सञ्चार जस्ता आधारभूत पूर्वाधार समेत नपुगेको भन्दै सरकारलाई बर्दिया र बाँकेका सीमावर्ती क्षेत्रमा पूर्वाधार निर्माणमा ढिलाइ नगर्न ध्यानाकर्षण गराए।

चौधरीले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार