मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनद्वारा आपतकालीन प्रतिक्रिया सुरु

चीनको उत्तरी तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प गएपछि चीनले आपतकालीन प्रतिक्रिया सुरु गरेको छ। मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
तिब्बत भूकम्प
Share:

ताजा अपडेट: तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते र ३३९ घर भत्किए

चीनको उत्तरी तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प गएपछि चीनले आपतकालीन प्रतिक्रिया सुरु गरेको छ।

नेपाली समयअनुसार राति ८:१८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत नाग्कु सहरको बाकेन काउन्टीमा रहेको थियो। चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो।

विज्ञापन

यस भूकम्पको धक्का चीनसहित भारत र म्यानमारमा पनि महसुस गरिएको थियो। रोयटर्सका अनुसार यो जनवरी २०२४ पछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था र सम्भावित क्षतिको विवरण संकलन गरिरहेका छन्।

केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा रहेको छ, जुन दुर्गम र उच्च पहाडी क्षेत्र हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ।

यसअघि सन् २०१० मा चीनको छिङहाई प्रान्तको युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा कम्तीमा दुई हजार ६९८ जनाको मृत्यु भएको थियो र करिब ३०० जना बेपत्ता भएका थिए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार