NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्राफिक प्रहरीद्वारा एकै दिन १० लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरीले २४ घण्टामा २,०२५ सवारी चालकलाई कारबाही गरेको छ। यसबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय राजस्व दाखिला भएको छ। मादक पदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका कारण कारबाही गरिएको हो।
Sanjay Karki
Sanjay Karki
15 June 2026, 9:47 am १ मिनेट पढाइ
आकार:
ट्राफिक प्रहरी राजस्व
Share:

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २,०२५ सवारी चालकलाई नियम उल्लंघनमा कारबाही गरेको छ। यसबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय राजस्व दाखिला भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

मादक पदार्थ सेवन गर्ने १००, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७, सङ्केत बत्ती उल्लंघन गर्ने १३६ र तीव्र गतिमा सवारीसाधन चलाउने १६५ जना कारबाहीमा परे।

लेन अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य नियम उल्लंघन गर्ने एक हजार १२८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार