NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रियुगामा विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

उदयपुरको त्रियुगा नगरपालिकामा विषाक्त खानाले एकै परिवारका चार जना बिरामी परेका छन्। २३ वर्षीया हेमा बुढाथोकीको अवस्था गम्भीर छ, जसलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। हेमाका ५ वर्षीय छोरा र दुई नन्दहरू उपचारपछि घर फर्किएका छन्।
Maya Thapa
Maya Thapa
25 May 2026, 12:03 pm १ मिनेट पढाइ
आकार:
Share:

त्रियुगा नगरपालिका–१२, साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन्। २३ वर्षीया हेमा बुढाथोकीको अवस्था गम्भीर छ।

छिमेकी राधा बुढाथोकीका अनुसार हेमा, उनका ५ वर्षीय छोरा योगेश, १४ वर्षीया नन्द यशोदा र ९ वर्षीया नन्द यासिका बुढाथोकी खानाले बिरामी परेका हुन्। शनिबार हेमाले बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएकी थिइन्।

शनिबार रातिदेखि नै बान्ता र बेहोस हुने लक्षण देखिएपछि परिवारलाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो। अस्पतालका अनुसार योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केका छन्।

तर, हेमाको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा. मुकेश झाले बताए। हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीमा विदेशमा छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार