मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

आगामी आर्थिक वर्षमा सुरुङमार्ग निर्माण तथा अध्ययनका लागि ६७ करोड बजेट

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुरुङमार्ग निर्माण र सम्भाव्यता अध्ययनमा ६७ करोड १ लाख बजेट विनियोजन गरेको छ। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गलाई सर्वाधिक ५० करोड रुपैयाँ छुट्याइएको छ। ग्वार्को–सातदोबाटो–एान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख र सुरुङमार्ग विकास कार्यक्रमका लागि ३ करोड ७७ लाख ८० हजार बजेट छुट्ट्याइएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सुरुङमार्ग बजेट
Share:
२१४

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड १ लाख बजेट विनियोजन गरेको छ। यो योजना मन्त्रालयले हालसालै सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा समावेश छ।

सर्वाधिक बजेट निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन भएको छ। ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ।

सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ।

अन्य प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन छ। सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्मको सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार, खुर्कोट चियाबारी सुरुङमार्गका लागि तीन लाख ९२ हजार, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार र रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार