NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महाकाली किनारमा सशस्त्र प्रहरी जवानसहित दुई नेपाली मृत भेटिए

कञ्चनपुरको सीमावर्ती भारतीय क्षेत्रमा महाकाली नदी किनारमा सशस्त्र प्रहरी जवानसहित दुई नेपाली मृत भेटिएका छन्। मृत भेटिनेमा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगर र अर्का नातेदार तीर्थबहादुर थापामगर रहेका छन्। दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन थिए।
Sanjay Karki
Sanjay Karki
2 June 2026, 11:18 am १ मिनेट पढाइ
आकार:
Share:

कञ्चनपुरको सीमावर्ती भारतीय क्षेत्रमा महाकाली नदी किनारमा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगरसहित दुई नेपाली मृत भेटिएका छन्। पुनमगर डडेल्धुरास्थित सीमा सुरक्षा पोष्टमा कार्यरत थिए।

उनीहरू नातेदार तीर्थबहादुर थापामगरसँगै शुक्रबारदेखि सम्पर्कविहीन थिए। दुवैको शव भारतीय भूमिमा फेला परेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

डडेल्धुरा प्रहरीका डिएसपी बरुणबहादुर सिंहले शव नेपाल ल्याउने प्रक्रिया भइरहेको बताए। घटनाको छानबिन सुरु भएको उनले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार