NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उदयपुरमा होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ, नगदसहित तास बरामद

• उदयपुरको त्रियुगा नगरपालिकास्थित होटल ड्रिमलेण्डमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। • प्रहरीले उनीहरूको साथबाट नगद ५७,६२५, तास, मोबाइल र मोटरसाइकल बरामद गरेको छ। • पक्राउ परेका सबै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
Sanjay Karki
Sanjay Karki
1 June 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकस्थित होटल ड्रिमलेण्डबाट प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले होटलको तेस्रो तलाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट ५७ हजार ६ सय २५ रुपैयाँ नगद, तीन बुङ तास, छ थान मोबाइल र चार थान मोटरसाइकल बरामद गरेको छ । पक्राउ पर्नेहरूमा भलराज राई, चित बहादुर राई, बोध बहादुर थापा मगर, विजय राई, संजिब बुढाथोकी र पुर्ण बहादुर राई छन् ।

उनीहरू सबैलाई बरामद गरिएका सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार