NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीनको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा स्कुल बस र अटो ठोक्किएर तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्।
Sanjay Karki
Sanjay Karki
24 August 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
उदयपुर बस अटो दुर्घटना
Share:

उदयपुरको बेलका नगरपालिकामा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

सोमबार बिहान करिब ९:४५ बजे बेलका–५, जहडामा सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस र को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो एकापसमा ठोक्किएका थिए। प्रहरीले दुर्घटनाको पुष्टि गरेको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा पुर्‍याएर उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

धरानमा उपचारका क्रममा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर, अर्की एक महिला र अटो चालक बेलका–५ कै २८ वर्षीय इन्द्र थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

१८ वर्षीय रोशन मगर र मोरङको विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङको उपचार सोही अस्पतालमा भइरहेको छ।

प्रहरीले अटो नियन्त्रणमा लिएको छ। बस र चालक बेलका–५ का ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार