मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

उदयपुरमा खडेरीले धानको ब्याड सुक्दै, किसान चिन्तित

उदयपुरमा जेठ पहिलो सातादेखि सुरु भएको खडेरीले किसानलाई चिन्तित बनाएको छ। त्रियुगा र चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाईंको लागि राखेको धानको ब्याड सुक्न थालेपछि बीउ उम्रन नसक्ने र समयमा रोपाइँ गर्न नसकिने त्रास बढेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
उदयपुरमा खडेरी
Share:
२५२

उदयपुर । जेठको पहिलो हप्तादेखि सुरु भएको अत्यधिक गर्मी र सुक्खा खडेरीले उदयपुरका किसानहरूलाई चिन्तित बनाएको छ। असार र साउनमा रोपाइँका लागि तयार पारिएको धानको ब्याड सुक्न थालेपछि उनीहरूको चिन्ता बढेको हो।

जिल्लाको त्रियुगा र चौदण्डी नगरपालिका क्षेत्रका किसानहरूले रोपाईंको लागि राखेको धानको बीउ सुक्न थालेको बताएका छन्। अत्यधिक गर्मी र खडेरीका कारण ब्याडमा चिरा पर्न थालेको छ। बीउ उम्रन नसक्ने अवस्था आएको छ।

त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरीले धानको बीउकै कारण रोपाइँमा समस्या आउने चिन्ता व्यक्त गरे। त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहालले जेठ १ गते ब्याड राखे पनि खडेरीले चिरा पर्न थालेपछि बीउ नउम्रने त्रास बढेको बताए।

त्रियुगा नगरपालिका–३ भुल्केका दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि बढेको गर्मी र सुक्खाले ब्याडमा चिरा पर्न थालेका छन्। यस पटक धानको बीउ उत्पादनमा समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने चिन्ता छ। भुल्के क्षेत्रमा मात्र डेढ सयभन्दा बढी धानका ब्याड छन्। अधिकांशमा खडेरीले असर गरेको छ।

चौदण्डीगढी नगरपालिका–९ ज्युमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाइँ हुने गर्छ। किसानहरूले वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र धानको ब्याड राख्ने गर्दछन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार