मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मधेस सरकारमा एमाले सहभागी, मुख्यमन्त्री यादवलाई विश्वासको मत

• नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी हुने।• बाराका मोहम्मद समिरले विना विभागीय मन्त्रीको शपथ लिने।• शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०१

मधेस सरकारमा नेकपा एमाले सहभागी हुने निश्चित भएको छ, आजै बाराका मोहम्मद समिर विना विभागीय मन्त्रीको शपथ लिँदैछन्। शीर्ष नेतृत्वबीचको सहमतिपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा एमाले सामेल हुन लागेको हो।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले बाराका मोहम्मद समिर विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी हुने पुष्टि गरे।

विना विभागीय मन्त्रीको शपथसँगै एमालेले शुक्रबार डाकिएको विश्वासको मतमा सरकारलाई सहयोग गर्नेछ। केन्द्रीय नेतृत्वको निर्णय अनुसार एमालेले विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको मधेस प्रदेश संसदीय दलले जानकारी दिएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार