मधेस सरकारमा नेकपा एमाले सहभागी हुने निश्चित भएको छ, आजै बाराका मोहम्मद समिर विना विभागीय मन्त्रीको शपथ लिँदैछन्। शीर्ष नेतृत्वबीचको सहमतिपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा एमाले सामेल हुन लागेको हो।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले बाराका मोहम्मद समिर विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी हुने पुष्टि गरे।
विना विभागीय मन्त्रीको शपथसँगै एमालेले शुक्रबार डाकिएको विश्वासको मतमा सरकारलाई सहयोग गर्नेछ। केन्द्रीय नेतृत्वको निर्णय अनुसार एमालेले विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको मधेस प्रदेश संसदीय दलले जानकारी दिएको छ।
