NM Khabar 14 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोदी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति, एक करोडभन्दा बढीको अनुमानित नोक्सानी

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा आइतबार आएको बाढीले क्षति पुर्‍याएको छ। बाढीले कङ्क्रिट उत्पादन केन्द्र, गिट्टी प्रशोधन केन्द्र, सडक र निर्माण सामग्री बगाएको छ। प्रारम्भिक अनुमानमा एक करोडभन्दा बढीको नोक्सानी भएको छ।
Kamala Devi
Kamala Devi
14 July 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना
Share:

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। आइतबार लेदोसहितको बाढी आयोजनास्थलमा पस्दा कङ्क्रिट उत्पादन केन्द्र र गिट्टी प्रशोधन केन्द्र जस्ता संरचनामा नोक्सानी भएको छ।

आयोजनास्थल जोड्ने सडक भत्किएको छ। ड्रम, पाइपलगायत निर्माण सामग्रीसमेत बगाएको छ। प्रहरी सहायक हवल्दार सागर चौधरीका अनुसार सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको छ। प्रारम्भिक अनुमानमा एक करोडभन्दा बढीको क्षति भएको छ। पहुँच मार्गमा क्षति पुगेकाले आवतजावतमा कठिनाइ छ।

बयालीस मेगावाट क्षमताको यो आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत १० अर्ब ५७ करोडको लागतमा आयोजना निर्माण हुन लागेको हो।

यसअघि किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएको थियो। मोदी खोलामा मिसिएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमानामा रहेको स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा पनि क्षति पुगेको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार