मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

उर्लाबारीमा १४ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

मोरङको उर्लाबारीमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मोटरसाइकल चेकजाँचका क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको थियो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
ब्राउन सुगर उर्लाबारी
Share:
१९३

मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकस्थितबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र १–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्दा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठसँग १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङसँग नौ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार